स्वास्थ्यका सहसचिवले बिदाको दिनमा पनि काम गर्नुपर्ने
स्वास्थ्यका उपसचिव र अधिकृतलाई उपत्यका नछाड्न निर्देशन
हेल्थ टिभी अनलाइन \काठमाडौं: स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्यका सहसचिव र विभागीय प्रमखुहरुलाई बिदाको दिनमा पनि काममा आउन निर्देशन दिएको छ ।
विश्वभरी महामारीकै रुपमा फैलिएको कोरोना संक्रमण नेपालमा भित्रिन नदिनका लागि काम गर्नुपर्ने भएकाले बिदाको दिनमा पनि कार्यालय आएर काम गर्न मन्त्रालयले निर्देशन दिएको हो। यसबाहेक कोरोना रोकथाम सम्बन्धी समितिहरुमा रहेका कर्मचारीलाई पनि बिदा नबस्न निर्देशन दिइएको छ ।
यसैगरी मन्त्रालयले उपसचिव तथा शाखा अधिकृतहरुलाई पनि यो समयमा उपत्यका छोडेर बाहिर नजान निर्देशन दिएको छ। मन्त्रालयले शुक्रबार सचिवस्तरीय निर्णय गर्दै कर्मचारीलाई यस्तो निर्देशन दिएको हो ।





आईसीयूमा बिरामीको अन्तरवार्ता लिएको विषय संसद्मा
किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम