Health TV Online
Health TV Online
Health TV Online

भरतपुरमा ‘कोरोना विशेष अस्थायी अस्पताल’को सेवा शुरु

भरतपुरमा ‘कोरोना विशेष अस्थायी अस्पताल’को सेवा शुरु

हेल्थ टिभी अनलाइन\चितवन : भरतपुरमा बनाइएको कोरोना विशेष अस्थायी अस्पतालको सेवा शुरु भएको छ।

भरतपुर महानगरको अगुवाइमा बनेको ७० बेडको अस्पतालको उद्घाटन शुक्रवार वागमती प्रदेश सरकारका सामाजिक विकास मन्त्री युवराज दुलाल र भरतपुर महानगर प्रमुख रेणु दाहालले गरे।

कोरोना रोकथाम र नियन्त्रणको तयारीस्वरूप बिरामीलाई आइसोलेसनमा राखेर उपचार गर्ने उद्देश्यले ७० बेडको अस्पताल बनाइएको महानगरप्रमुख दाहालले जानकारी दिइन्।

चितवन संघको प्रदर्शनी केन्द्रलाई अस्थायी अस्पताल बनाइएको हो। अस्पतालमा १० बेड भेन्टिलेटरसहितको आईसीयू पनि रहने बताइएको छ। अस्पतालमा आजैबाट बिरामीले सेवा लिन सक्नेछन्। अस्पताल ७२ घण्टामा तयार भएको हो।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार