तत्काल आवश्यक नपर्ने सेवा रोक्न अस्पताललाई सरकारकाे निर्देशन
उपचारमा संलग्न चिकित्सकलाई छुट्टै आवासको व्यवस्था गर्न निर्देश
हेल्थ टिभी अनलाइन\काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौँ उपत्यकाका ५० शय्याभन्दा बढीका सरकारी तथा निजी अस्पताललाई तत्काल आवश्यक नपर्ने सेवा चैत मसान्तसम्म बन्द गर्न निर्देशन दिएको छ।
स्वास्थ्य मन्त्री भानुभक्त ढकालको अध्यक्षतामा बिहीबार बसेको बैठकले कोरोना भाइरस संक्रमणको सम्भावित जोखिम र यसको व्यवस्थापनको तयारीका लागि भन्दै यस्तो निर्णय गरेको हो।
बैठकले १०० शय्यामाथिका सबै अस्पताललाई फिभर क्लिनिक सञ्चालन गर्न यसअघि दिएकाे निर्देशन कार्यान्वयन भए\नभएको अनुगमन गर्न समितिलाई निर्देशन दिएको छ।
बैठकले कोरोना भाइरसको समुदायमा फैलावटको अवस्था पत्ता लगाउन राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालालाई कम्तीमा २० हजार स्याम्पल टेष्टको लागि तयारी अवस्थामा राख्न निर्देशन दिएको छ।
उपचारपछि घर जान नचाहने चिकित्सकहरूका लागि छुट्टै आवासको व्यवस्था गर्न पनि मन्त्रालयले निर्देशन दिएकाे छ।







डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित