रोकियाे मापसे जाँच, कोचाकोच यात्रु बोक्ने गाडीको निगरानी
हेल्थ टिभी अनलाइन\काठमाडौं : कोरोना भाइरस संक्रमणको जोखिमलाई मध्यनजर गरी ट्राफिक प्रहरीले मापसे (मादकपदार्थ सेवन)जाँच स्थगित गरेको छ ।
महानगरीय ट्राफिक महाशाखाका प्रमुख (एसएसपी) भीमप्रसाद ढकालले मापसे जाँच रोकिएको जानकारी दिए। पहिलेजस्तो जाँच नगरे पनि थाहा हुने हुनेगरी पिएको अवस्थामा अस्पतालमा लगेर परीक्षण गरी आफन्तको जिम्मा लगाउने उनले बताए।
मापसे गरेर जरिवानामा परेका व्यक्तिका लागि सचेतना कक्षा पनि तत्काललाई रोकेको ट्राफिक प्रहरीले जनाएको छ।
विश्वव्यापी बनेको कोरोना भाइरसविरुद्ध ट्राफिक प्रहरीले सचेतना अभियान पनि थालेको छ। ट्राफिक प्रहरीहरू प्लेकार्ड बोकेर सचेतनामूलक सन्देश प्रवाह गरिरहेका छन्। कोचाकोच यात्रु बोक्ने गाडीको निगरानी पनि उनीहरूले गरिरहेका छन्।





आईसीयूमा बिरामीको अन्तरवार्ता लिएको विषय संसद्मा
किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम