भारतमा कोरोना भाइरस संक्रमणका कारण थप एकजनाको मृत्यु
६५ वर्ष माथिका नागरिकलाई घरबाहिर ननिस्कन आग्रह
भारतमा कोरोना भाइरस संक्रमणका कारण थप एकजनाको मृत्यु भएको छ।
बिहिबार पञ्जाबमा कोरोना संक्रमणका कारण एक पुरूषको मृत्यु भएको स्वास्थ्य अधिकारीले बताएका छन्। अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको हो। योसँगै भारतमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ४ पुगेको छ ।
भारतमा हालसम्म १७८ जना संक्रमितम भएको बताइएको छ । सक्रमितको संख्या बढ्दै गएपछि भारत सरकारले २२ मार्चदेखि लागू हुनेगरी एक साताका लागि सबै अन्तराष्ट्रिय उडानहरुको आगमनमा रोक लगाएको छ । यसका अलावा ६५ वर्ष माथि उमेर भएकाहरुलाई र १० वर्ष मूनिका बालबालिकालाई घरबाहिर ननिस्कन आग्रह समेत गरेको छ ।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित