Health TV Online
Health TV Online
Health TV Online

भरतपुर महानगरले ७२ घण्टामा बनायो ७० बेडको ‘कोरोना विशेष अस्पताल’

शुक्रबारदेखि सञ्चालनमा आउने

भरतपुर महानगरले ७२ घण्टामा बनायो ७० बेडको ‘कोरोना विशेष अस्पताल’

हेल्थ टिभी अनलाइन\ चितवन : कोरोना संक्रमितको लागि चितवनको भरतपुरमा तीन दिनमै ७० बेडको अस्पताल बनेको छ । जसको नाम रहेको छ ‘भरतपुर कोरोना विशेष अस्थायी अस्पताल ।’  चितवन उद्योग संघको प्रदर्शनी केन्द्रलाई भरतपुर कोरोना विशेष अस्पताल बनाइएको हो ।

कोरोना संक्रमण भित्रिएमा  भरतपुरवासीको उपचारका लागि ७० बेडको अस्थाई अस्पताल बनाएको भरतपुर महानगर प्रमुख  रेनु दाहालले बताइन्। हेल्थ टिभी अनलाइनसँग कुरा गर्दै उनले भनिन, ‘विश्वभरी फैलिएको कोरोनाप्रति हामी सचेत छौं । यहाँ संक्रमण देखिहालेमा भरतपुरका बासिन्दालाई उपचार सहज होस भनेर अस्पताल तयार गरेका हौं । हामी नगरवासीको स्वास्थ्यप्रति अति संवेदनशिल छौं ।’  उनले अस्पताल ७२ घण्टा भित्र बनाउने वाचा गरे बमोजिम भोलि शुक्रबार १० बजे उदघाटन गर्ने पनि जानकारी दिइन्।

मेयर दाहालले जनरल वार्ड भोलिबाटै शुरु गरिने र अन्य आइसीयू लगायतको सेवा पनि दुई दिन भित्रै शुरु गर्ने बताइन्। उनले अस्पतालमा खटिने स्वास्थ्यकर्मीको पनि व्यवस्था भइसकेको जानकारी दिइन्।

१० बेडको भेन्टिलेटरसहितको आइसीयू त्यसैगरी १० बेड एचडीयू र ५० बेडको जनरल वार्डसहित ७० बेडको अस्पताल बनाइएको हो ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार