कोरोना त्रास : एसईई परीक्षा स्थगित
विश्वविद्यालयका सबै परीक्षा पनि स्थगित
हेल्थ टिभी अनलाइन\ काठमाडौं: कोरोना रोकथाम तथा नियन्त्रणका लागि भन्दै सरकारले भोलिदेखिं हुने एसईई परीक्षा स्थगित गरेको छ ।
उपप्रधानमन्त्री ईश्वर पोखरेलको नेतृत्वमा रहेको कोरोनाभाइरस रोकथामसम्बन्धी उच्चस्तरीय समन्वय समितिले बिहीवारबाट सुरु हुने भनिएको एसईई परीक्षा स्थगित गर्ने निर्णय गरेको हो ।
यसअघि अपरान्हको बैठकमा भने सावधानी अपनाएर एसईई परीक्षा चलाउने निर्णय भएको थियो । चौतर्फी विरोध पछि सरकारले यस्तो निर्णय लिएको हो ।
परीक्षाको अर्को मिति सूचना निकालेर जानकारी गराइनेछ । यो सँगै सरकारले चैतमा सञ्चालन हुने विश्वविद्यालयका सबै परीक्षा पनि स्थगित गर्ने निर्णय गरेको छ ।





आईसीयूमा बिरामीको अन्तरवार्ता लिएको विषय संसद्मा
किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम