जिल्ला प्रशासन कार्यालयमा कोरोना भाइरस सहायता कक्ष
हेल्थ टिभी अनलाइन\सर्लाही : कोराना भाइरस जाँचका लागि जिल्लामा पहिलोपटक ‘सहायता कक्ष’ स्थापना गरिएको छ ।
वागमती सेवा समाज नेपालले जिल्ला प्रशासन कार्यालय सर्लाहीको हाताभित्र सहायता कक्ष स्थापना गरेको हो। जिल्ला समन्वय समिति सर्लाहीका प्रमुख मेथुर चौधरीले मंगलवार कक्ष उद्घाटन गर्दै कोरोना भाइरसको संक्रमणका बारेमा सचेतना फैलाउन र यहाँ आउने नागरिकको स्वास्थ्य परीक्षणका लागि सहायता कक्ष सञ्चालन गरेको बताए।
प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले सर्वसाधारणको जनस्वास्थ्य सुरक्षामा राज्य र जिम्मेवार निकाय गम्भीर भएर लाग्नुपर्ने बताए। जिल्ला प्रशासन कार्यालयमा स्थापना भएको सहायता कक्षले नागरिकको स्वास्थ्य सुरक्षामा थप मद्दत पुग्ने विश्वास उनले व्यक्त गरे।
सहायता कक्षमा ज्वरो मापनका साथै रुघाखोकी लागे\नलागेको बारेमा सोधपुछ हुनेछ। अत्यधिक ज्वरो आएका र केही शङ्कास्पद बिरामी भेटिएमा जिल्ला अस्पतालमा छुट्टै कोठामा राख्ने व्यवस्था गरिएको छ । सहायता कक्षमा तीन स्वास्थ्यकर्मी खटाएको अध्यक्ष कार्कीले बताए।
भारतसँग सीमा जोडिएको सर्लाहीको विभिन्न नाकामा दुवै देशको सहकार्यमा १३ वटा सहायता कक्ष स्थापना गरिएको छ । ती नाकाबाट नेपाल र भारत भित्रिने नागरिकको स्वास्थ्य परीक्षणका लागि सहायता कक्ष स्थापना गरिएको जिल्ला प्रशासन कार्यालय सर्लाहीले जनाएको छ ।





आईसीयूमा बिरामीको अन्तरवार्ता लिएको विषय संसद्मा
किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम