‘सरकारले मुखसम्बन्धी स्वास्थ्यलाई प्राथमिकतामा राखेन’
काठमाडौं हेल्थ टिभी\अनलाइन : सरोकारवालाले सरकारले मुखसम्बन्धी स्वास्थ्यलाई प्राथमिकतामा नराख्दा सर्वसाधारण यससम्बन्धी अधिकारबाट वञ्चित भएको बताएका छन्।
उनीहरूले मुखसम्बन्धी स्वास्थ्यलाई बेवास्ता गर्दा दूरदराजका नागरिक क्यान्सर ट्युमर र अल्सरजस्ता समस्याबाट पीडामा परेको बताएका हुन्।
विश्व मुख स्वास्थ दिवसका अवसरमा मंगलवार आयोजित साक्षात्कारमा नेपाल डेण्टल साइन्स हाइजेनिष्ट एसोसिएसनका अध्यक्ष माइकल देवकोटाले स्वास्थ्य सेवा विभागले दाँत तथा मुखसम्बन्धी रोगको रोकथामका निम्ति छुट्यााएको बजेट सदुपयोग हुन नसकेको बताए। उनले सरकारले मुख स्वास्थ्यलाइ प्राथमिकतामा राख्नपर्नेमा जोड दिए ।
एसोसिएसनले सातवटै प्रदेश र ७५३ वटै स्थानीय तहमा दन्त चिकित्सकको दरबन्दी राख्न माग गरेको छ। कार्यक्रममा सहभागीलाई ब्रस तथा टुथपेस्ट वितरण गरिएको थियो ।





आईसीयूमा बिरामीको अन्तरवार्ता लिएको विषय संसद्मा
किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम