परीक्षा सकेका ७० लाख बालबालिकालाई घरभित्रै बस्न शिक्षा मन्त्रालयको आग्रह
हेल्थ टिभी अनलाइन \काठमाडौं: कोरोनाबाट बच्न परीक्षा सकेका ७० लाख बालबालिकालाई तीन साता घरभित्रै रहन शिक्षा मन्त्रालयले आग्रह गरेको छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणी पाेखरेलले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै ५ गते परीक्षा सकिने १ देखि ९ कक्षासम्मका विद्यार्थीहरुलाई कम्तीमा ३ साता भिडभाडमा नजान अपिल गरेका हुन्। विद्यालयलाई पनि प्रवेश परीक्षा, अभिभावक भेला वा भर्नाका नाममा विद्यालयमा भिडभाड नगर्न अपिल गरिएको छ ।
कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै सरकारले १ देखि ९ कक्षा सम्मको परीक्षा यही चैत ५ गतेभित्र सक्न आव्हान गरेको थियो । सोही बमोजिम ९ कक्षासम्मका विद्यार्थीको परीक्षा भोलि अर्थात ५ गने सकिंदैछ ।
यसैगरी चैत ६ गतेदेखि शुरु हुने एसईई परीक्षामा सामेल हुने विद्यार्थीको लागि प्रत्येक सेन्टरमा हेल्थ डेस्क अनिवार्य राखिने पनि बताइएको छ । यसैगरी परीक्षा केन्द्रमा अनावश्यक भिडभाड नगरिदिन अभिभावकलाई पनि शिक्षा मन्त्रालयले विज्ञप्ति मार्फत अपिल गरेको छ । यसवर्षको एसईई परीक्षा देशभरका १९ सय ९५ केन्द्रमा शुरु हुँदैछ ।
जसमा ४ लाख ८२ हजार २ सय १९ जना विद्यार्थी सामेल हुँदैछन्।
प्रेस विज्ञप्ति:







आईसीयूमा बिरामीको अन्तरवार्ता लिएको विषय संसद्मा
किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम