बरामद मास्क बजार मूल्यअनुसार बेच्नू, रकम प्रहरीको खातामा राख्नू
हेल्थ टिभी अनलाइन\काठमाडाैं : महान्यायाधिवक्ता आग्निप्रसाद खरेलले प्रहरीले बरामद गरेको मास्क बजार मूल्यअनुसार बिक्री वितरण गर्न निर्देशन दिएका छन्।
सोमवार विज्ञप्ति जारी गरी महान्यायाधिवक्ता खरेलले बरामद भएका मास्क बजार मूल्यअनुसार साझा स्वास्थ्य सेवालगायत सार्वजनिक संस्थाबाट बिक्री गरी रकम प्रहरीकै धराैटी खातामा राख्न निर्देशन दिएका हुन्।
उनले मास्क मुलुकी फौजदारी कार्यविधि संहिता, २०७५ को दफा २७ अनुसार हालको बजार मूल्यमा बिक्री गर्न निर्देशन दिएका हुन् । प्रहरीले आइतबार १० लाखभन्दा बढी कालोबजारी गरिरहेको मास्क कपनबाट बरामद गरेको थियो।






आईसीयूमा बिरामीको अन्तरवार्ता लिएको विषय संसद्मा
किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम