कोरोना संक्रमण : मृत्यु हुनेकाे संख्या ६ हजार ६०० नाघ्याे
महामारीका रूपमा फैलिँदै गरेको कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ६ हजार ६०६ पुगेको छ।
विश्व स्वास्थ्य संगठनले सार्वजनिक गरेको सोमवारसम्मको विवरणअनुसार संसारभर एक लाख ६७ हजार ५११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। संक्रमण १५२ देशमा पुगेको छ।
संक्रमितकाे संख्या अघिल्लो दिनको तुलनामा साेमवार १३ हजार ९०३ बढेकाे अधिकारीले जानकारी दिएका छन्। त्यसैगरी मृत्यु हुनेको संख्या पनि अघिल्लो दिन भन्दा ८६२ ले बढी रहेको विवरणमा उल्लेख गरिएको छ।
मृत्यु र संंक्रमितको तथ्याङ्क हेर्दा चीनपछि कोरोनाको केन्द्र युरोप देखिएको छ। युरोपेली देशमध्ये सबैभन्दा बढी इटली, स्पेन, फ्रान्स, जर्मनी र स्विजरल्याण्ड बढी प्रभावित भएका छन्।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित