Health TV Online
Health TV Online
Health TV Online

भारतकाे मुम्बईमा कोरोना संक्रमणले एकजनाको मृत्यु

भारतकाे मुम्बईमा कोरोना संक्रमणले एकजनाको मृत्यु

भारतमा कोरोना भाइरस संक्रमणका कारण थप एकजनाको मृत्यु भएको छ।

मुम्बईका ६४ वर्षीय एक पुरूषको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। मंगलबार कस्तुरबा अस्पतालमा उपचारका क्रममा उनकाे मृत्यु भएकाे हाे।

देशभर रहेका १२८ संक्रमितमध्ये महाराष्ट्रमा मात्र ३९ जना रहेको जनाइएकाे छ। यससँगै भारतमा कोरोनाका कारण मृत्यु हुनेको संख्या तीन पुगेको छ।

यसअघि दिल्लीमा एक र कनार्टकमा एकजनाको मृत्यु भएको थियो।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार