काेराेना संक्रमण नभएकाे पुष्टि
हेल्थ टिभी अनलाइन\लहान : कोरोना भाइरस (कोभिड १९) को संक्रमण आशंका गरी परीक्षणका लागि जनकपुर पठाइएका सबै बिरामी स्वस्थ्य रहेको पुष्टि भएको छ।
केही दिनअघि भारतबाट फर्केका सिरहा नगरपालिका–१० नरहैयाका नौ बिरामीमा कोरोना भाइरस संक्रमण हुनसक्ने आशंकामा थप परीक्षणका लागि सोमबार साँझ जानकी मेडिकल कलेज जनकपुर पठाइएको थियो।
सबैमा कोरोनाको कुनै लक्षण नभेटिएको जिल्ला स्वास्थ्य कार्यालय सिरहाका प्रमुख कृष्णदेव यादवले जानकारी दिए। कोरोना भाइरसको लक्षण नदेखिएपछि उनीहरू राति नै घर फर्किएको प्रमुख यादवले बताए।
रोजगारीका लागि भारतका विभिन्न ठाउँमा बस्दै आएका उनीहरूमा रुघाखोकी र ज्वरोको लक्षण देखिएपछि कोरोना भाइरस संक्रमणको आशंका गरी थप उपचारका लागि स्वास्थ्यकर्मीको टोलीले एम्बुलेन्सबाट जनकपुर पठाएको थियो।





आईसीयूमा बिरामीको अन्तरवार्ता लिएको विषय संसद्मा
किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम