भक्तपुरका ३१ हजार ८७० बालबालिकालाई दादुरा–रुबेला खोप
हेल्थ टिभी अनलाइन\भक्तपुर : यहाँका नौ महिनादेखि पाँच वर्षसम्मका करिब ३१ हजार ८७० बालबालिकालाई दादुरा–रुबेला रोग विरुद्ध खोप लगाउन शुरु गरिएको छ। जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख एवं वरिष्ठ जनस्वास्थ्य अधिकृत कृष्ण मिजारले सोमबारदेखि खोप लगाउन शुरु गरेको जानकारी दिए।
भक्तपुर, मध्यपुर थिमी, चाँगुनारायण र सूर्यविनायक गरी चार नगरपालिकामा १९८ खोप केन्द्र, प्रत्येक वडामा कम्तीमा नौ खोप केन्द्र सञ्चालन भएको उनले बताए। प्रत्येक खोप केन्द्रमा दुई जनाका दरले स्वयंसेविका परिचालित छन्।
सरकारले पहिलो चरणमा गत फागुन महिनाभर प्रदेश १, २ र ५ का ३५ जिल्लाका १८ लाख २४ हजार ४३३ बालबालिकालाई खोप लगाएको थियो। सोमबार शुरु भएको दोस्रो चरणकाे अभियानमा वाग्मती, गण्डकी, सुदूरपश्चिम र कर्णाली प्रदेशका ४३ जिल्लाका ११ लाख ५७ हजार ७७१ बालबालिकालाई खोप दिइँदै छ।





आईसीयूमा बिरामीको अन्तरवार्ता लिएको विषय संसद्मा
किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम