राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानसँग छैन एम्बुलेन्स
हेल्थ टिभी अनलाइन\दाङ : राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान लामो समयदेखि एम्बुलेन्सविहीन छ। एम्बुलेन्स बिग्रिएर थन्किएको १० वर्षभन्दा बढी भइसक्दा अझै मर्मत हुनसकेको छैन। नयाँ एम्बुलेन्स पनि खरिद गरिएको छैन।
एम्बुलेन्स नहुँदा बिरामीलाई समस्या हुने गरेको छ । तत्कालीन राप्ती उपक्षेत्रीय अस्पताल हुँदा एम्बुलेन्स बिग्रिएको थियो। २०७४ असोज २९ गते बनेकाे प्रतिष्ठानले नयाँ एम्बुलेन्स खरिद गर्न र पुरानोलाई मर्मत गर्न नसकेको रजिष्ट्रार रामप्रसाद प्याकुरेलले जानकारी दिए। ‘उपक्षेत्रीय हुँदा नै एम्बुलेन्स बिग्रिएको थियो’, उनले भने, ‘तर प्रतिष्ठान बनेको दुई वर्ष बितिसक्दा मर्मत हुनसकेको छैन।’
मर्मत गर्दा धेरै खर्च लाग्ने तथा नयाँ खरिद गर्ने विषयमा तयारी नभएको समेत उनले बताए। ‘अहिले पुरानो एम्बुलेन्स मर्मत गर्न सकिने अवस्था छैन’, उनले भने, ‘नयाँ एम्बुलेन्स खरिद गर्ने विषयमा तयारी छैन।’
प्रतिष्ठानमा स्वास्थ्य सेवा लिन आएकी घोराहीका कल्पना केसीले महँगो भाडा तिरेर अस्पताल आउनुपरेको गुनासो गरिन्। ‘प्रतिष्ठानले एम्बुलेन्स सञ्चालन गरेको भए सहज हुन्थ्यो’, उनले भनिन्, ‘रातको समयमा स्वास्थ्यमा जटिल समस्या आइहाले एम्बुलेन्स पाउन धौधौ पर्छ।’
अहिले जिल्लामा तुलसीपुर अस्पताल प्रालिले मात्रै एम्बुलेन्स सेवा दिँदै आएको छ।





आईसीयूमा बिरामीको अन्तरवार्ता लिएको विषय संसद्मा
किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम