कोरोनाको कहर : स्पेनमा पनि आपतकाल
स्पेनले कोरोना भाइरसको संक्रमण रोकथामका लागि मुलुकभर आपतकाल घोषणा गरेको छ।
भाइरसको प्रकोप बढेसँगै सरकारले शनिबारदेखि आपतकालीन अवस्थामा बाहेक भ्रमण गर्न तथा सार्वजनिक भेला गर्न रोक लगाएको छ।
प्रधानमन्त्री पेड्रो सान्चेसले घरमै बस्न र अनुमति लिएर मात्र महत्त्वपूर्ण यात्रामा जान नागरिकलाई आग्रह गरेका छन्।
स्पेनमा २४ घण्टाको अवधिमा एक हजार ५०० भन्दा बढी व्यक्तिमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। शुक्रवारदेखि र शनिबारसम्म २४ घण्टा अवधिमा ठूलो संख्यामा संक्रमण भएको हो। योसँगै संक्रमितको संख्या पाँच हजार ७५३ पुगेको छ।
संक्रमणका कारण स्पेनमा हालसम्म १३६ व्यक्तिको मृत्यु भइसकेको छ।
ई- सिगरेटको आयात तथा बिक्री वितरण रोक्ने व्यवस्था कार्यान्वयन गर्न स्वास्थ्य मन्त्रालयको पत्र
वायु प्रदूषण बढेकाले सावधानी अपनाउन अपिल
औषधीय गुणले भरिपूर्ण सिस्नो
कर्णालीमा पहिलोपटक कम्युनिटी मेन्टल हेल्थ सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन हुँदै
क्यान्सर भएको पुष्टि भएका यूकेका राजा चार्ल्सले पुनः सार्वजनिक दायित्व निर्वाह गर्ने