स्पेनमा एकै दिनमा एक हजार ५०० लाई संक्रमण
स्पेनमा २४ घण्टाको अवधिमा एक हजार ५०० भन्दा बढी व्यक्तिमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
शुक्रवारदेखि र शनिबारसम्मको २४ घण्टा अवधिमा यति ठूलो संख्यामा संक्रमण भएको हो। योसँगै संक्रमितको सङ्ख्या पाँच हजार ७५३ पुगेको छ। युरोपमा इटालीपछि कोरोना भाइरसका कारण दोस्रो बढी प्रभावित मुलुक स्पेन बनेको छ ।
संक्रमणका कारण स्पेनमा हालसम्म १३६ व्यक्तिको मृत्यु भइसकेको छ।
स्पेनको सरकारले कोरोना भाइरसको सङ्क्रमणबाट एकै दिन ठूलो संख्यामा नागरिक बिरामी परेपछि भाइरससँग लड्न स्रोत जुटाउने कदम प्रभावकारी बनाउने अधिकारीले बताएका छन्।





आईसीयूमा बिरामीको अन्तरवार्ता लिएको विषय संसद्मा
किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम