दशौं दिनमा अस्पतालबाट डिस्चार्ज भए प्रधानमन्त्री ओली
हेल्थ टिभी अनलाइन\ काठमाडौं: मिर्गौला प्रत्यारोपण गरेर १० दिनको अस्पताल बसाइपछि प्रधानमन्त्री केपी शर्मा ओली आज डिस्चार्ज भएका छन्।
प्रधानमन्त्री ओलीको स्वास्थ्यमा उल्लेख्य सुधार आएपछि चिकित्सकहरुले उनलाई अस्पतालबाट डिस्चार्ज दिएका हुन्।
यद्यपी मिर्गौला प्रत्यारोपण गरेका बिरामीमा पहिलो १ महिना संक्रमण हुने सम्भावना बढी हुने भएकाले विशेष ध्यान दिन चिकित्सकहरुले सुझाव दिएका छन्। उनलाई सामान्य जीवनमा फर्किन भने कम्तीमा ६ महिना लाग्ने चिकित्सकको भनाई छ । उनी फागुण १९ गते अस्पताल भर्ना भएको भए पनि २१ गते मिर्गौला प्रत्यारोपण गरिएको थियो ।
प्रधानमन्त्री ओलीको पहिलोपटक १२ वर्षअघि मिर्गौला प्रत्यारोपण गरिएको थियो । त्यो मिर्गौलाले अहिले काम गर्न छोडेपछि दोस्रोपटक मिर्गौला प्रत्यारोपण गरिएको हो । उनलाई भान्जी समीक्षाले मिर्गौला दिएकी हुन्।





आईसीयूमा बिरामीको अन्तरवार्ता लिएको विषय संसद्मा
किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम