Health TV Online
Health TV Online
Health TV Online

भारतमा कोरोना भाइरस संक्रमणले एकजनाको मृत्यु

भारतमा कोरोना भाइरस संक्रमणले एकजनाको मृत्यु

भारतमा कोरोना भाइरस संक्रमण भएका एक जनाको मृत्यु भएको छ। ती व्यक्ति दक्षिण भारतको कर्नाटक राज्यका एक ७६ वर्षीय पुरुष रहेको अधिकारीहरूले जनाएका छन्।

ती वृद्धको मृत्यु मंगलवार नै भए पनि परीक्षणको प्रतिवेदन बिहीवार सार्वजनिक गरिएको हो। उनी साउदी अरबमा एक महिना बसेर फेब्रुअरी २९ मा स्वदेश फर्किएका थिए।

राज्यका स्वास्थ्यमन्त्रीका अनुसार ती व्यक्तिको सम्पर्कमा आएका सबै मानिस पत्ता लगाउने र तिनलाई क्वारेन्टाइनमा राख्ने प्रयास भइरहेको छ। भारतमा अहिलेसम्म ७३ जनामा कोरोनाभाइरस संक्रमण भएको पुष्टि भएको सरकारले जनाएको छ।

अधिकारीहरूका अनुसार साउदी अरबबाट फर्किँदा विमानस्थलमा उनलाई जाँचिएको थियो। तर त्यतिवेला उनमा कुनै लक्षण देखिएको थिएन।

तर मार्च ५ मा उनमा श्वासप्रश्वाससम्बन्धी समस्या देखा पर्‍यो। त्यसपछि उनलाई अस्पताल लागिएकाे थियाे।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार