स्वास्थ्य संस्था भाडाको भवनमा
हेल्थ टिभी अनलाइन दाङ : जिल्लाका २९ स्वास्थ्य संस्था भाडाको भवनबाट सेवा प्रवाह गर्न बाध्य छन्।
तुलसीपुर उपमहानगरपालिकाका सात, शान्तिनगर गाउँपालिकाका तीन, राजपुर गाउँपालिकाका पाँच, दङ्गीशरण गाउँपालिकाका चार, बगलाचुली गाउँपालिकाका दुई, घोराही उपहानगरपालिकाका दुई, लमही नगरपालिकाका दुई स्वास्थ्य संस्था भाडाको भवनमा सञ्चालित छन्।
त्यस्तै राप्ती गाउँपालिकाका तीन र बबई गाउँपालिकाको एक स्वास्थ्य संस्था पनि भाडाको भवनमा सञ्चालनमा आएका छन्। दाङको गढवा गाउँपालिकामा सबै स्वास्थ्य संस्थाले आफ्नै भवनबाट सेवा दिइरहेको स्वास्थ्य शाखा प्रमुख कैलाश चौधरीले जानकारी दिए। भाडामा रहेका स्वास्थ्य संस्थाका लागि भवन निर्माण प्रक्रिया अघि बढिरहेको सम्बन्धित पालिकाका प्रमुख तथा प्रतिनिधिले जानकारी दिए।
तुलसीपुर उपमहानगरपालिकामा भाडामा रहेका स्वास्थ्य संस्थामध्ये वडा नं. २ र ६ मा रहेका स्वास्थ्य संस्थाको भवन निर्माण अन्तिम चरण रहेको र यही आर्थिक वर्षमा सम्पन्न हुने स्वास्थ्य शाखा प्रमुख ओमप्रकाश न्यौपानेले जानकारी दिए। अरु वडाको काम यो वर्षमा ४० प्रतिशत हुने र अर्को आर्थिक वर्षमा बजेट छुट्याएर काम पूरा गर्ने उनले बताए।
त्यसैगरी घोराही उपमहानगरपालिका–१ का लागि बजेट छुट्याइसकेको स्वास्थ्य शाखा प्रमुख नारायण घर्तीले जानकारी दिए। वडा नं. १५ मा जग्गा नपाएका कारण भवन बन्न केही समय लाग्ने उनले बताए। लमही नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख नारायण आर्चायले स्वास्थ्य संस्था नभएको वडामा स्वास्थ्य संस्था स्थापना गर्न प्रक्रिया शुरु भएको जानकारी दिए।





आईसीयूमा बिरामीको अन्तरवार्ता लिएको विषय संसद्मा
किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम