‘कोरोना प्रभावितका लागि सातै प्रदेशमा आईसीयू तथा आइसोलेसनसहितको अस्पताल’
हेल्थ टिभी अनलाइन\काठमाडौं : सरकारले कोरोना संक्रमण प्रभावितका लागि सातै प्रदेशमा आईसीयू तथा आइसोलेसनसहितको अस्पताल निर्माण गर्ने भएको छ।
उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा गठित उच्चस्तरीय समन्वय समितिको बिहीबारको बैठकले कोरोना संक्रमण रोकथामका लागि विशेष पूर्वाधार निर्माण गर्ने निर्णय गरेको हो।
यसका लागि विस्तृत प्रस्ताव तयार पार्न समितिले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई र आवश्यक पर्ने बजेट व्यवस्था गर्न अर्थ मन्त्रालयलाई निर्देशन दिएको छ।
बैठकले योसहित विभिन्न १९ वटा निर्णय गरेको छ। निर्णयको १४औँ बुँदामा भनिएको छ,
‘स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संक्रमण रोकथाम, निदान र उपचारका लागि आवश्यक पर्ने आईसीयू तथा आइसोलेसन कक्षसहितको विशेष पूर्वाधार काठमाडौं उपत्यकामा आवश्यक संख्यामा र हरेक प्रदेशमा कम्तीमा १९१ वटा विकास गर्न विस्तृत प्रस्ताव तयार पारी समितिको अर्को बैठकमा पेस गर्ने। त्यसका लागि आवश्यक पर्ने स्रोतको व्यवस्था अर्थ मन्त्रालयले गर्ने।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित