नक्कली चिकित्सक पक्राउ
हेल्थ टिभी अनलाइन\सुर्खेत : अर्कैको काउन्सिल दर्ता नम्बर राखेर आफ्नो नामको साइनबोर्ड टाँस गरी बिरामीको उपचारमा संलग्न एक नक्कली चिकित्सकलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सुर्खेतले नक्कली चिकित्सक दीपेन्द्र काफ्लेलाई पक्राउ गरेको हो।
नेपाल मेडिकल काउन्सिलको यही फागुन ५ गतेको पत्रअनुसार छानबिन गर्न र केन्द्रीय अनुसन्धान ब्युरोले दिएकाे निर्देशनअनुसार काफ्लेलाई पक्राउ गरेकाेप्रहरी नायब उपरीक्षक रवि रावलले जानकारी दिए।
पक्राउ गरिएका उनलाई सुर्खेत जिल्ला अदालतबाट पहिलो पटक दिन तीन दिन म्याद थपको अनुमति लिइ अनुसन्धान कार्य थालिएको रावलले बताए।





आईसीयूमा बिरामीको अन्तरवार्ता लिएको विषय संसद्मा
किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम