कोरोना रोकथामका लागि सरकारले सार्वजनिक गर्यो यस्तो रणनीति
हेल्थ टिभी अनलाइन \काठमाडौं: विश्व स्वास्थ्य संगठनले कोरोनालाई विश्व महामारी घोषणा गरेको भोलिपल्टै सरकारले कोरोना रोकथामका लागि तयार गरेको नीति तथा योजना सार्वजनिक गरेको छ ।
बिहिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पत्रकार सम्मेलन गरी कोरोना रोकथाम र नियन्त्रणका लागि आफुहरुले तयार पारेका योजना सार्वजनिक गरेको हो । पत्रकार सम्मेलनमा मन्त्रालयका सचिव यादव कोइरालाले कोरोना आउनै नदिन र आइहालेमा यसलाई कसरी नियन्त्रण गर्ने भन्ने विषयमा मन्त्रालयका विशेषज्ञ टिमहरु बसेर नीति तथा योजना बनाइसकेको बताए । उनले सञ्चारकर्मीलाई सही सूचना सम्प्रेषण गरिदिन पनि आग्रह गरे ।
यसैगरी कार्यक्रममा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले सबै आउनसक्ने अवस्थालाई मध्यनजर गर्दै स्वास्थ्य मन्त्रालयले आफनो तयारी गरिसकेको भन्दै रोकथामका लागि योजना १ मार्फत काम गर्ने र आइहालेमा नियन्त्रणका लागि योजना २ बनाइएको बताए ।
कोरोना रोकथामका लागि योजना १ मा यस्ता छन् कार्यक्रम :
कोरोना रोकथामका लागि सर्वप्रथम प्रवेश नाकामा रोक लगाउने कार्यक्रम रहेको छ । यसैगरी कोरोना अति प्रभावित ८ वटा देश चीन, दक्षिण कोरिया, जापान, इरान, इटली, स्पेन, फ्रान्स र जर्मनीबाट आउने यात्रुलाई अनिवार्य कोरोना नभएको रिपोर्ट पेस गर्नुपर्नेछ । यसबाहेक कसैलाई पनि अन अराइभल भिषा प्रदान गरिने छैन। यसैगरी नेपालमा हुने अन्तराष्ट्रिय सम्मेलन केही समयका लागि स्थगित गर्न आव्हान गरिएको छ । यो सँगै नागरिक सचेतना कार्यक्रम पनि बढाइने योजनामा राखिएको छ । सरसफाइमा ध्यान दिन सबैलाई आग्रह गरिएको छ । चीन र भारतसँग सिमा जोडिएका ४३ वटा हेल्थ डेस्क मार्फत नेपाल प्रवेश गर्नेहरुको स्क्रिनिङ भइरहेको छ।
योजना २ अन्तर्गत यस्ता छन् कार्यक्रम:
नेपालमा कोरोना संक्रमण देखिएमा तीन किसिमको अवस्थाको आँकलन गरी व्यवस्था मिलाइएको योजनामा उल्लेख छ । यसमा आइसोलेसन वार्ड, औषधि उपचार र जनशत्तिको अनुमान सहितको योजना अघि सारिएको छ । यदि कोरोना फैलिएमा आवश्यक उपचार गर्न टेकु अस्पताल, पाटन अस्पताल र प्रहरी अस्पताललाई प्रमुख अस्पतालका रुपमा तयारी अवस्थामा राखिएको छ । महामारी फैलिएमा नेपालमा केही समयका लागि हवाइ उडानहरु बन्द गरिनेछ । उक्त पकेट एरियालाई लक डाउन गरिनेछ । स्थलगत आवागमनका पनि नाकाहरु सम्पूर्ण रुपमा बन्द गरिनेछ । आवश्यक परेमा मोबाइल वा फिल्ड अस्पताल बनाई उपचार सहज बनाइनेछ भन्ने योजना २ मा उल्लेख छ ।






डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित