Health TV Online
Health TV Online
Health TV Online

सेनाकाे रक्तदानले जाेगियाे स्थानीयकाे ज्यान

सेनाकाे रक्तदानले जाेगियाे स्थानीयकाे ज्यान

हेल्थ टिभी अनलाइन\डोटी : नेपाली सेनाले सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा रक्तदान गरी ११० स्थानीयको ज्यान जोगाएको छ।

पृतना हेडक्वाटर दिपायल राजपुरले दिएको जानकारीअनुसार आर्थिक वर्ष २०७६\७७ मा पृतना मातहत रहेका विभिन्न युनिटका ९२ अधिकृत तथा अन्य सैनिकले रक्तदान गरेका छन्।

प्रदेशमा भएका स्वास्थ्य संस्थामा रगतको अभाव भएपछि यहाँका सेवारत सैनिकले आवश्यकता अनुसार रक्तदान गर्ने गरेका छन्। रगत आवश्यक पर्नेलाई यहाँ कार्यरत सैनिकले अस्पतालमा नै पुगेर रक्तदान गर्दै आएका छन्।

रुद्रध्वज गण सिलगढीका गणपति तथा प्रमुख सेनानी रत्नकेशर खड्काले आवश्यकता अनुसार रक्तदान गर्दै आएको जानकारी दिए। ‘सुदूरपश्चिम प्रदेशका नौवटै जिल्लामा आवश्यक परेका वेला सेनाले रक्तदान गरेको छ’, उनले भने, ‘विशेषगरी पहाडी जिल्लामा स्थानीयलाई सेनाले रगत दिएर धेरैकाे ज्यान बचाएको छ।’

पछिल्लो समय रगतको आवश्यक पर्ने सेनाको ब्यारेक धाउने गर्छन्। सेनाले आफू मातहत रहेका सम्पूर्ण सैनिक कर्मचारीको रगत ग्रुप पहिले नै छुट्टयाएर राख्ने गरेकाे छ। भनेको वेला रगत दिन तयार हुने भएकाले यहाँका स्थानीय सेनाका ब्यारेक तथा युनिटमा रगत माग्न आउने गरेको दिपायल पिपल्लास्थित शैलेश्वरी अस्पतालका निर्देशक आइजङ्ग कुँवरले जानकारी दिए।

त्यस्तै यहाँको निजी क्षेत्रको अस्पातल शैलेश्वरीले पनि रगत संकलन शुरु गरे पनि रक्तदान गर्ने व्यक्ति नपाइने अस्पतालका चिकित्सक लोकेन्द्र बोहराले जानकारी बताए।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार