Health TV Online
Health TV Online
Health TV Online

कोरोना भाइरस नियन्त्रण गर्न ‘सर्भिलेन्स अफिसर’ परिचालन गर्दै स्वास्थ्य मन्त्रालय

कोरोना भाइरस नियन्त्रण गर्न ‘सर्भिलेन्स अफिसर’ परिचालन गर्दै स्वास्थ्य मन्त्रालय

हेल्थ टिभी अनलाइन\काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस नियन्त्रणका लागि सर्भिलेन्स अफिसर परिचालन गर्ने भएको छ।

स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ डा. रोशन पोखरेलको संयोजकत्वमा गठन गरिएको कार्यदलले पब्लिक हेल्थका १८ स्वास्थ्यकर्मीलाई सर्भिलेन्स अफिसरको जिम्मेवारी दिएको हो। कसरी काम गर्ने भन्ने विषयमा उनीहरू सबैलाई तालिम समेत दिइसकेको उनले बताए।

सर्भिलेन्स अफिसरले कुनै व्यक्तिमा कोरोनाको आशंका लागेमा विमानस्थलदेखि होटल र घरसम्मको विस्तृत विवरण राखी विशेष निगरानी गर्ने र उनीहरूलाई केही सहयोगको आवश्यकता परेमा स्वास्थ्य मन्त्रालयसँग समन्वय गरी तुरुन्त सहयोग गर्ने डा. पोखरेलले बताए।

‘योसँगै अस्पताल अनुसन्धान गर्ने र आईसीयू बेड बढाउन पनि कार्यदलले सुझाव दिइसकेको छ’, उनले भने। कार्यदलले कोरोनाको सम्भावित जोखिमलाई मध्यनजर गर्दै काम गरिरहेकाे पनि उनले जानकारी दिए।

उनले चीन र इटलीमा जस्तै गरी कोरोना नेपालमा आए कसरी काम गर्ने भन्ने विषयमा पनि पूर्वतयारी गरिरहेको बताए। ‘हामीले यी दुवै देशको जस्तै गरी नेपालमा कोरोना आए कसरी काम गर्ने भनेर तयारी गरिरहेका छौँ’, उनले भने,  ‘हामीसँग भएका टेकु अस्पताल, पाटन अस्पताल र वीर अस्पताल लगायत हब अस्पतालमा आईसीयू बढाउनका लागि पनि कार्य अघि बढेको छ।

यसैगरी ठूलो संख्यामा क्वारेन्टाइनमा राख्न परेमा खरिपाटी, आयुर्वेद तालिम केन्द्र, आयुर्वेद क्याम्पस लगायतका स्थानलाई उपचार सहितको क्वारेन्टाइन बनाउने तयारी गरेको पनि डा. पाखेरेलले जानकारी दिए। उनले भने, ‘काम भइरहेको छ आत्तिहाल्नुपर्ने अवस्था छैन।’

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार