Health TV Online
Health TV Online
Health TV Online

विश्व मिर्गौला दिवस : मार्क इन्टरनेसनलमा साताव्यापी शिविर

विश्व  मिर्गौला दिवस : मार्क इन्टरनेसनलमा साताव्यापी शिविर

हेल्थ टिभी अनलाइन\काठमाडौं : आज विश्व मिर्गौला दिवस । विश्व मिर्गौला दिवसको अवसरमा कलंकीस्थित मार्क इन्टरनेसनल किड्नी सेन्टरले नि:शुल्क मिर्गौला परीक्षण शिविर आयोजना गरेको छ।

दिवसको अवसरमा सेन्टरले बिहीवार बिहान नेपाल नेसनल अस्पताल परिसरदेखि कलंकीसम्म प्रभातफेरी (वाकथन) निकाल्याे। दिवसकै अवसरमा अस्पताल परिसरमा रक्तदान कार्यक्रम आयोजना गरिएको छ।

बिहीवार शुरु भएको मिर्गौला परीक्षण शिविर चैत ५ गतेसम्म चल्ने बताइएको छ। यो वर्षको विश्व मिर्गौला दिवसको नारा ‘स्वस्थ मिर्गौला स्वस्थ जीवन’ छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार