मातृ तथा शिशु मृत्युदर घटाउन प्रदेश ५ को कार्यक्रम
हेल्थ टिभी अनलाइन\रूपन्देही : प्रदेश ५ को सामाजिक विकास मन्त्रालयले मातृ तथा शिशुमृत्युदर घटाउन विशेष कार्यक्रम सञ्चालन गर्ने भएको छ।
प्रदेशका १२ जिल्लामा रहेका ३६३ बर्थिङ सेन्टरलाई दक्ष जनशक्ति र उपकरणसहित सुविधा सम्पन्न बनाउने तयारी भएको बुधबार पत्रकार सम्मेलन गरी मन्त्रालयले जनाएको छ।
सामाजिक विकासमन्त्री सुदर्शन बराललेसंघीय सरकारले प्रदान गरेको १० करोड रुपैयाँ विशेष अनुदानबाट सो कार्यक्रम सञ्चालन हुने जानकारी दिए। उनले कार्यक्रमबाट प्रसूति सेवा थप प्रभावकारी भई आमा र शिशुको स्वास्थ्यमा सुधार आउने बताए।
स्वास्थ्यकर्मीलाई तालिम तथा विभिन्न २६ प्रकारका सामग्री सेन्टरलाई उपलब्ध गराइने जनाइएको छ। प्रदेश स्वास्थ्य तालिम केन्द्र बुटवलका निर्देशक महेश्वर श्रेष्ठले प्रदेशमा स्वास्थ्य संस्थामा प्रसूति हुनेको संख्या ५७ प्रतिशत रहेकोे जानकारी गराउँदै कार्यक्रमले मातृ तथा शिशुमृत्युदर घटाउन थप सहयोग पुग्ने बताए।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण