कोरोना संक्रमणको त्रासले न्युयोर्कमा नियन्त्रित इलाका घोषणा
अमेरिकामा कोरोना भाइरसबाट निकै प्रभावित न्युयोर्कको उत्तरी शहरको इलाकामा सार्वजनिक कार्यक्रमहरूमा प्रतिबन्ध लगाइएको छ।
न्यूयोर्कका गभर्नर एन्ड्र्यू कोउमोले न्यू रोसलको १.६ किलोमिटर क्षेत्रलाई नियन्त्रित क्षेत्र घोषणा गरिएको हो। कोरोनाभाइरस अति प्रभावित इटलीमा ज्यान गुमाउने संख्या फेरि बढेको छ। जहाँ कडा प्रतिबन्ध जारी छ।
नेसनल गार्डको जिम्मेवारी
न्यूयोर्कका गभर्नर कोउमोले न्यु रोसल अमेरिकाकै सम्भवत: धेरै संक्रमित भएको क्षेत्र रहेको बताए। न्यूयोर्क शहरको तुलनामा निकै कम जनसंख्या रहे पनि त्यहाँ संक्रमितको संख्या धेरै नै बढी भेटिएको उनको भनाइ छ।
त्यहाँ नेसनल गार्डका सदस्यहरू परिचालन गर्ने निर्णय भएको छ। उनीहरूले विद्यालयलगायत सार्वाजनिक स्थलहरूको सफाइ गर्ने छन्।
क्वारेन्टाइनमा रहेका निजी घरहरूमा आवश्यक खाने कुरा पुर्याउने जिम्मेवारी पनि उनीहरूलाई दिइएको छ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण