स्वास्थ्यमन्त्रीले भने, अब क्वारेन्टाइनमा राख्न सक्दैनौँ, आफैँ बस्नू
हेल्थ टिभी अनलाइन\काठमाडौं : स्वास्थ्यमन्त्री भानुभक्त ढकालले कोरोना भाइरस (कोभिड १९) संक्रमणको आशंका भए ‘आफैँ क्वारेन्टाइनमा बस्न’ नागरिकलाई सुझाव दिएका छन्।
मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा युवा संघ नेपालको ध्यानाकर्षणपत्र बुझ्दै मन्त्री भानुभक्त ढकालले चीनबाट विद्यार्थी ल्याएर क्वारेन्टाइनमा राखेजसरी अब नराख्ने बताए। ‘हिजो चीनबाट विद्यार्थी ल्याएर सरकारले गर्ने, सरकारकै व्यवस्थापनमा गर्ने भन्ने कुरा नगरौँ’, उनले भने, ‘अब मान्छेहरू ‘सेल्फ क्वारेन्टाइन’ मा बस्नुपर्छ। तर डब्लूएचओको मापदण्डभित्र बस्नुपर्यो।’
सरकारले तोकेका आठ मुलुकबाट आउनेलाई त्यहाँको चिकित्सकले बढीमा सात दिन अघि संक्रमण छैन भन्ने प्रमाणित गरेको भए मात्रै नेपाल प्रवेश हुने उनको भनाइ छ। ‘१४ दिन क्वारेन्टाइनमा बसेपछि मात्रै सामाजिक जीवनमा संलग्न हुन पाउँछ’, उनले भने।
‘तर कुनै व्यक्तिमा कोरोना भाइरस संक्रमण देखिए त्यसको जिम्मा सरकारले लिने मन्त्री ढकालले बताए। उनले भने, ‘ठूलो समूहमा क्वारेन्टाइनमा राख्नुपर्ने अवस्थामा सरकारले खरिपाटीमा राख्ने व्यवस्था गर्छ।’
युवा संघले सामाजिक सञ्जाल र विभिन्न आम सञ्चार माध्यमबाट अड्कलबाजीमा सूचना सम्प्रेषण भइरहेको सन्दर्भमा आधिकारिक सूचनाको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गर्यो। संघका संयोजक रामप्रसाद सापकोटाले विमानस्थल, सबै भारतीय सीमा नाकामा स्वास्थ्य जाँचको प्रभावकारी व्यवस्था गर्न र भाइरस संक्रमित देशबाट नेपाल आउने जोकोहीलाई क्वारेन्टाइनमा राख्ने व्यवस्था गर्न माग गरेको बताए।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित