Health TV Online
Health TV Online
Health TV Online

प्रधानमन्त्री ओलीलाई सामान्य जीवनमा फर्किन ६ महिनादेखि १ वर्षसम्म लाग्ने

प्रधानमन्त्री ओलीलाई सामान्य जीवनमा फर्किन ६ महिनादेखि १ वर्षसम्म लाग्ने

हेल्थ टिभी अनलाइन\ काठमाडौं : सात दिन अघि मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री केपी शर्मा ओली सामान्य जीवनमा फर्किन अझै ६ महिनादेखि १ वर्षसम्म लाग्ने चिकित्सकले बताएका छन्।

मंगलबार प्रधानमन्त्रीको स्वास्थ्यकावारेमा जानकारी दिन अस्पतालले आयोजना गरेको पत्रकार सम्मेलनमा प्रा.डा. दिव्या सिंह शाहले यस्तो बताएकी हुन्।  उनले प्रधानमन्त्रीको स्वास्थ्यमा निकै सुधार आएको भन्दै सुगर लेबल, रत्तचाप सबै नर्मल भएको जानकारी समेत दिइन्। उनले प्रधानमन्त्रीले एक महिनापछि सचिवालय मार्फत भिडभाडमा नगई काम गर्न सक्ने समेत जानकारी गराइन्। मिर्गौला प्रत्यारोपण गरेका बिरामीमा संक्रमणको डर रहिरहन्छ । त्यसैले भिडभाडमा सकेसम्म नजान सल्लाह दिन्छौं ,उनले भनिन्।

योसँगै उनले अरु सरह सामान्य जीवनमा फर्किन भने प्रधानमन्त्री ओलीलाई ६ महिनादेखि  १ वर्ष लाग्ने बताइन्। उनले भनिन्, ‘उहाँको स्वाथ्यमा तिब्र रुपमा सुधार भइरहेको छ अहिले नै पनि डिस्चार्ज गर्न सकिन्छ तर हामीले रिस्क मात्रै लिन नखोजेका हौं ।  अरु मानिस सरहको जीवनमा फर्किन पनि कम्तीमा पनि ६ महिनादेखि  १ वर्ष त लाग्छ नै।’

पत्रकार सम्मेलनमा प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपणमा प्रत्यक्ष रुपमा संलग्न चिकित्सक तथा नर्सले आ आफनो धारणा राखेका थिए ।

प्रधानमन्त्री ओली र दाता समिक्षाको डिस्चार्ज एकै दिन गर्ने तयारी

प्रधानमन्त्री केपी शर्मा ओलीलाई मिर्गौला दान दिने भान्जी समिक्षाको डिस्चार्ज पनि प्रधानमन्त्रीसँगै हुने भएको छ । समिक्षाको डिस्चार्ज मंगलबार नै गर्ने तयारी भएको भए पनि उनले आफू मामासँगै डिस्चार्ज हुने इच्छा देखाएकाले अस्पतालमै राखिएको डा दिव्या सिंह शाहले जानकारी दिइन्। डिस्चार्जको टुंगो भने लागिनसकेको उनले जिकीर गरिन्। ‘सम्भवत दुई तीन दिनभित्रै हुन्छ उनले भनिन्।’

 

 

 

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार