Health TV Online
Health TV Online
Health TV Online

इटालीमा एक करोड ६० लाख ‘क्वारेन्टाइन’मा, मृत्यु हुनेको संख्या २३० पुग्यो

इटालीमा एक करोड ६० लाख ‘क्वारेन्टाइन’मा, मृत्यु हुनेको संख्या २३० पुग्यो

कोरोना भाइरस संक्रमण फैलिएको इटालीको लोम्बार्डीसहितका क्षेत्रमा करिब एक करोड ६० लाख मानिसलाई अनिवार्य क्वारेन्टाइनमा राखिएको छ।

उनीहरूलाई अप्रिल महिनाको शुरुसम्म अलग्गै निगरानीमा राखिने सञ्चारमाध्यमले जनाएका छन्। युरोपेली मुलुकमध्ये इटालीमा कोरोना भाइरस संक्रमण सबैभन्दा व्यापक रूपमा फैलिरहेको छ। शनिवार त्यहाँ संक्रमित मानिसको संख्यामा व्यापक वृद्धि भएको थियो।

इटलीमा लागु गरिएका नयाँ उपायहरू देशको वित्तीय केन्द्र मानिने मिलानसहित भेनिसका अन्य पर्यटकीय स्थलमा आगामी अप्रिल ३ सम्म लागु हुनेछन्। इटालीमा संक्रमणका कारण  मृत्यु हुने मानिसको संख्या २३० पुगेको छ। अधिकारीहरूका अनुसार पछिल्लो २४ घण्टामा मात्रै मृत्यु हुनेको संख्या ५० भन्दा बढी पुगेको छ।

संक्रमित पुष्टि भएकाको संख्या शनिवार मात्रै एक हजार २०० ले बढेर पाँच हजार ८८३ पुगेको थियो।

थप समाचार