Health TV Online
Health TV Online
Health TV Online

कोरोना जाँच प्रभावकारी बनाउन स्वास्थ्य राज्यमन्त्री रावतको निर्देशन

कोरोना जाँच प्रभावकारी बनाउन स्वास्थ्य राज्यमन्त्री रावतको निर्देशन

हेल्थ टिभी अनलाइन\ काठमाडौं : स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज रावतले सीमानाकामा कोरोना भाइरस (कोभिड १९) प्रभावकारी जाँच गर्न निर्देशन दिएका छन्।

नेपालगञ्ज उपमहानगरपालिकाद्वारा बाँकेको जमुना हनाकास्थित नेपाल–भारत नाकामा सञ्चालित स्वास्थ्य सहायता कक्ष (हेल्थ डेस्क) को अवलोकन गर्दै राज्यमन्त्री रावतले नेपाल प्रवेश गर्ने सबैलाई जाँच गर्न स्वास्थ्यकर्मीलाई आग्रह गरे।

नाकाबाट आउने यात्रुकोे प्रभावकारी स्वास्थ्य परीक्षण हुँदै आएको सो उपमहानगरपालिका स्वास्थ्य शाखा संयोजक रामबहादुर चन्दले जानकारी दिए।

स्वास्थ्य कार्यालयको समन्वयमा नेपालगञ्ज विमानस्थलबाट बाहिरिने र भित्रिने हवाइ यात्रुलाई लक्ष्य गरी परीक्षण कक्ष स्थापना गरेको नागरिक उड्डयन कार्यालयका प्रमुख प्रेमनाथ ठाकुरले जानकारी दिए।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार