कोरोना संक्रमितको संख्या एक लाख नाघ्यो, तीन हजार ५०० को मृत्यु
विश्वका विभिन्न देशमा समेत गरी कोरोना भाइरसका संक्रमितको संख्या एक लाख नाघेको छ।
संयुक्तराज्य अमेरिकाको जोन हप्किन्स विश्वविद्यालयले प्रकाशन गरेको तथ्यांकअनुसार भाइरसको प्रकोपबाट संक्रमित हुनेको संख्या एक लाख ११३ पुगेको हो।
तथ्यांकअनुसार प्रकोपबाट संक्रमितमध्ये अधिकांश चीनमा नै रहेको बताइएको छ। चीनमा मात्र ८० हजारलाई संक्रमण भएको विश्वविद्यालयद्वारा प्रकाशित तथ्यांकमा उल्लेख छ।
गत डिसेम्बरको अन्त्यबाट चीनको हुबेई प्रान्तको वुहान शहरबाट शुरु भएको संक्रमणबाट चीनमा मात्र तीन हजारभन्दा बढीको मृत्यु भएको छ।
अधिकारीहरुले विभिन्न देशबाट जारी गरेका सूचनाहरुको अध्ययनमा संक्रमणबाट ज्यान गुमाउनेको संख्या शनिबारसम्म तीन हजार ५०० नाघेको छ। यस भाइरसको संक्रमण ९२ देशमा फैलिएको छ।
कोरोनाकै कारण दक्षिण कोरियामा हालसम्म ४४ जनाको मृत्यु भइसकेको छ। त्यसैगरी छ हजार ७६७ जनामा कोरोना संक्रमण देखिएको जनाइएको छ।
कोरोना भाइरसबाट इटालीमा १९७ जनाको ज्यान गएको शनिबार प्राप्त समाचारमा जनाइएको छ। त्यहाँ बिहीबार र शुक्रबार गरी करिब ९० जनाको मृत्यु भएको हो। त्यसैगरी गरी इटालीमा तीन हजार ९१६ जनामासंक्रमण भएको पाइएको छ।
संयुक्तराज्य अमेरिकाको कोरोना भाइरसका कारण दुई व्यक्तिको मृत्यु भएको छ। यहाँ पनि यस भाइरस हुनेको संख्या १६ पुगेको बताइएको छ। संयुक्तराज्य अमेरिकामा २०० सय भन्दा बढी व्यक्तिमा यस भाइरसको संक्रमण देखिएको छ।
यस भाइरसको प्रकोपबाट स्पेनमा पनि पाँच जनाको ज्यान गएको छ। स्पेनमा संक्रमित हुने व्यक्तिको संख्या ३६५ पुगेको छ। यहाँ पनि दिन प्रतिदिन यसका संक्रमितको संख्या बढ्दै गएको छ।
नेदरल्याण्ड्समा यसको प्रकोपबाट एकजना वृद्धको ज्यान गएको स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन्। नेदरल्याण्ड्समा यो भाइरसको प्रकोपबाट ज्यान जानेमा उनी नै पहिलो व्यक्ति भएको अधिकारीहरूले जानकारी दिएका छन्।
इरानमा मृत्यु हुनेको संख्या १२४ पुगेको छ। इरानको सरकारले शुक्रबार मात्र १७ जनाको ज्यान गएको घोषणा गरेको हो।इरानको स्वास्थ्य मन्त्रालयका प्रवक्ताले शुक्रबार साँझसम्ममा चार हजार ७४४ जना संक्रमित रहेको जानकारी दिए।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित