‘कोरोनाबाट जोगिन तीन तहका सरकारबीच समन्वय’
हेल्थ टिभी अनलाइन\काठमाडौं : सरकारले कोरोना भाइरसको संक्रमणबाट जोखिनका लागि तीनै तहको सरकारबीच समन्वय र सहकार्य गरी आवश्यक व्यवस्था मिलाएको दाबी गरेको छ।
प्रतिनिधिसभाको शुक्रबारको बैठकमा नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले प्रस्तुत गरेको जरुरी सार्वजनिक महत्त्वको प्रस्तावमाथि सांसदले राखेको जिज्ञासाको जवाफ दिँदै स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले संक्रमणबाट जोगिन सरकारले तयारी तीव्र पारेको बताएका हुन्। उनले संक्रमणबाट जोगिन विगतमा भन्दा अझै धेरै सावधानी अपनाउनुपर्ने बताए।
‘छिमेकी मुलुकमा पनि संक्रमण देखिएकाले विशेष तयारीका साथ तीनै सरकारबीच समन्वय गरी विभिन्न स्थानमा जाँचको व्यवस्था मिलाउने काम गरिरहेका छौँ’, उनले भने, ‘विभिन्न अस्पतालमा १५५ वटा आइसोलेसन बेड तयार पारेका छौँ।’ उनले चन्द्रगढी, जनकपुर, भरतपुर, धनगढी विमानस्थलमा विमानमा चढ्नुभन्दा अघि जाँच गरेर मात्रै पठाउने व्यवस्था गरेको जानकारी दिए।
कोरोना भाइरसको संक्रमणको जोखिमलाई लिएर अहिले उपप्रधानमन्त्रीको नेतृत्वमा गृह, शिक्षा स्वास्थ्य, पर्यटन, उद्योग अर्थ लगायतका मन्त्रालय समेत समेटर उच्चस्तरीय समिति बनाएको ढकालले जानकारी दिए। अस्पताल क्षेत्रसँग सम्बन्धितलाई परिचालन गर्न सजिलो होस् भनेर मुख्य सचिवको नेृतृत्वमा कार्यकारी समिति पनि बनाएको उनले बताए।
विदेशमा बस्ने नेपालीहरुका लागि उच्च जोखिमको मुलुकबाट आउने प्रत्येक व्यक्तिलाई जाँच गरेर मात्रै पठाउने व्यवस्था मिलाएको उनको भनाइ छ ।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित