Health TV Online
Health TV Online
Health TV Online

प्रधानमन्त्री ओली खतरामुक्त, एक सातामा डिस्चार्ज हुने

प्रधानमन्त्री ओली खतरामुक्त, एक सातामा डिस्चार्ज हुने

हेल्थ टिभी अनलाइन\काठमाडाै‌ं : प्रधानमन्त्री केपी शर्मा ओलीको अवस्था खतरामुक्त रहेको चिकित्सकहरूले जनाएका छन्।  शरीरका सबै सूचक सामान्य रहेको र उनलाई तरल र नरम आहार दिन शुरु गरिएको चिकित्सकहरूले बताएका छन्।

प्रधानमन्त्री ओलीलाई प्रत्यारोपण उपचार कक्षमा राखी उपचारलाई निरन्तरता दिइएको अस्पतालका कार्यकारी निर्देशक प्रा. डा. प्रेमकृष्ण खड्गाले जानकारी दिए। मिर्गौलादान गर्ने समीक्षा सङ्ग्रौलाको स्वास्थ्य स्थिति सुधारोन्मुख रहेको र उहाँलाई पनि तरल र नरम आहार दिन थालिएको उनले बताए।

अहिले स्वास्थ्य अवस्था खतरामुक्त रहेको र एकसातामा अस्पतालबाट डिस्चार्ज हुने प्रधानमन्त्री ओलीको निजी चिकित्सक दिव्या सिंह शाहले जानकारी दिइन्।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले विभिन्न देशका प्रधानमन्त्री तथा देशका प्रतिनिधिबाट स्वास्थ्यलाभको शुभकामना आउने क्रम जारी रहेको बताए।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार