अमेरिकाको क्यालिफोर्नियामा आपतकाल घोषणा
कोरोना भाइरस संक्रमणका कारण एक जनाको ज्यान गएपछि अमेरिकाको क्यालिफोर्नियामा आपतकाल घोषणा गरिएको छ।
जहाज चढेर सान फ्रान्सिस्कोबाट मेक्सिको गएका ७१ वर्षीय वृद्धको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको हो। क्यालिफोर्नियामा कोरोनाबाट मृत्यु भएको यो पहिलो घटना हो ।
अमेरिकामा १६ राज्यमा कम्तीमा १५० जना कोरोना भाइरस संक्रमित भेटिएका छन् । अमेरिकामा मृत्यु भएका ११ जनामध्ये १० जना वाशिङ्गटन राज्यका हुन्।
कोरोना भाइरसको संक्रमण टेक्सास र नेब्रास्का राज्यमा समेत पुगेको छ। संक्रमणदर बढेपछि वाशिङ्गटन र फ्लोरिडा राज्यले एक हप्ताकाे अन्तरमा आपतकाल घोषणा गरेका थिए।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण