ब्रिटेनमा झूटो दाबी गर्ने मास्क कम्पनीको विज्ञापन बन्द
कोरोना भाइरसको संक्रमण फैलिनबाट मुख छोप्ने मास्कले रोक्ने दाबी गरिएका दुईवटा कम्पनीका विज्ञापनलाई ब्रिटेनमा प्रतिबन्ध लगाइएको छ।
ब्रिटेनको नियामक निकाय एडभरटाइजिङ स्ट्याण्डर्ड अथोरीटी एएसएले इजी सपिङ फोर होम लिमिटेड र नोभाड्स ओयूले नियम मिचेको भन्दै यस्तो आदेश दिएको हो।
ती विज्ञापनहरू ‘भ्रामक, गैरजिम्मेवार र कुनै औचित्यपूर्ण कारणविना भय फैलाउन सक्ने’ रहेको उक्त निकायको भनाइ छ। स्वास्थ्य अधिकारीहरूले भाइरस फैलिन नदिन धेरैपटक हात धुन सुझाव दिएका छन्।
कस्ता थिए विज्ञापन?
इजी सपिङ फोर होम लिमिटेडको विज्ञापन अमेजनको वेबसाइटमा छापिएको थियो। नोभाड्स ओयूले बनाएको ‘अक्सिब्रेथ’ मास्कको विज्ञापन स्कटिस सन वेबसाइटमार्फत टेबोला नेटवर्क र अरू साइटहरूमा प्रकाशित भएको थियो।
अक्सिब्रेथ प्रोको विज्ञापनमा भनिएको थियो, ‘अवस्था धेरै चिन्ताजनक छ भन्नु जायज नहोला। मैले सुनेको सबैभन्दा राम्रो सुझाव धैर्यवान बन्नु र आफूलाई सुरक्षित बनाउन व्यावहारिक कदम चाल्नु हो।’
‘सबैभन्दा राम्रो उपाय उच्च गुणस्तरको मास्क प्रयोग गरी आफूलाई भाइरस, ब्याक्टेरिया र अरू वायु प्रदूषकबाट आफूलाई जोगाउनु हो।’ एएसएले ती विज्ञापनहरूले वास्तविक सुझाव नदिएको भन्दै ती भ्रामक रहेको जनाएको छ।
एक प्रवक्ताले ब्रिटेनको जनस्वास्थ्य निकायले एएसएलाई आफूहरूले मास्कले कोरोना भाइरसको संक्रमणबाट जोगाउने भनेर सुझाव नदिने बताएको जानकारी दिए।
एएसएले उपचार गर्ने थलो बाहिर मास्क प्रयोग गर्दा त्यसबाट हुने व्यापक लाभबारे कम प्रमाण रहेको आफूले बुझेको जनाएको छ।
बीबीसी





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित