प्रधानमन्त्री ओली बोल्नसक्ने अवस्थामा, तरल पदार्थ खुवाइयाे, केही दिन सीसीयूमै रहने
हेल्थ टिभी अनलाइन\काठमाडाैं : मिर्गाैला प्रतयाराेपण गरिएका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यस्थिति राम्रो रहेको उनको उपचारमा संलग्न चिकित्सकहरूले बताएका छन्।
प्रत्यारोपणमा संलग्न प्रा. डा. प्रेमराज ज्ञवालीका अनुसारऔषधिका कारण ओली प्रायः निदाउने गरेका छन्। बिउँझिएका बेला चिकित्सकहरूले सोधेको प्रश्नको उत्तर दिनसक्ने आफूलाई लागेका कुरा भन्न सक्ने अवस्थामा भएको उनले बताए।
प्रधानमन्त्री ओलीले तरल चीजहरु खान थालेको र अन्य सूचकहरू राम्रो रहेको उनका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए। उनलाई झोल पदार्थ खुवाउन सकिने अवस्था रहेको डा. ज्ञवालीले बताए। शरीरले झोल पदार्थ सहजै रूपमा लिएपछि भने ठोस पदार्थ खुवाउने अस्पतालको तयारी छ।
त्रिवि शिक्षण अस्पतालमा बुधवार प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण गरिएको थियो। उनको होस साँझ नै आएको थियाे।
केही दिन सीसीयूमा
प्रधानमन्त्री ओलीका रक्तचापसहित सबै सूचकांक राम्रो रहेकाे बताइएको छ। ओलीलाई अझै केही दिन सीसीयूमा राखेर उपचार गरिने डा. ज्ञवालीले बताए।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण