डोटीमा स्वास्थ्य बिमा कार्यक्रम शुरु
हेल्थ टिभी अनलाइन\डाेटी : जिल्लामा स्वास्थ्य बिमा कार्यक्रम शुरु भएको छ। दिपायल सिलगढी नगरपालिकामा बुधबार आयोजित कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज रावतले दुई वृद्धाकाे बिमा गरी कार्यक्रम शुरु गरिएको हो।
बिमा अभियानअन्तर्गत ‘क’ वर्गका अपाङ्गता व्यक्ति, ज्येष्ठ नागरिक, एचआईभी संक्रमित, कुष्ठरोग र क्षयरोगका बिरामीलाई निःशुल्क बीमा गरिने जिल्ला स्वास्थ्य कार्यालयका स्वास्थ्य प्रमुख रमेश मलासीले जानकारी दिए। त्यस्तै स्वास्थ्य स्वयंसेविकालाई ५० प्रतिशत छुट दिइएको छ। एक घरका एकदेखि पाँचजनालाई तीन हजार ५०० र पाँचभन्दा बढी भए एकजना बराबर ७०० रूपैयाँका दरले वार्षिक प्रिमियम दर रकम लाग्नेछ ।
सुदूरपश्चिमका नौवटै जिल्लामा बीमा कार्यक्रम कार्यान्वयनमा आएको छ । हालसम्म ४८८ स्थानीय तहमा बीमा कार्यक्रम विस्तार भइसकेको जनाइएको छ । २०७२ चैत २५ गते कैलालीबाट स्वास्थ्य बिमा शुरु भएको थियो। सुदूरपश्चिम क्षेत्रीय स्वास्थ्य सेवा निर्देशनालय दिपायल राजपुरका डा. भूषण मिश्रले भने, ‘सुदूरपश्चिमका सबै जिल्लाका नागरिकलाई स्वास्थ्य सेवा प्रदान गर्न स्वास्थ्य बीमा कार्यान्वयनमा आएको छ।’
यसअघि प्रदेशका अन्य जिल्लामा लागू भएको बिमा कार्यक्रममा हालसम्म कुल जनसख्याको १२ प्रतिशत मात्र आबद्ध भएको जनाइएको छ। पछिल्लो जनगणना अनुसार प्रदेशको कुल जनसंख्या २५ लाख ५२ हजार ५१७ रहेकोमा हालसम्म कार्यक्रममा दुई लाख ४६ हजार २०३ जना आबद्ध भएका छन्।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित