कोरोनाको त्रास : इटालीका विद्यालय १० दिनका लागि बन्द
कोरोना भाइरस संक्रमणको प्रकोप खेपिरहेको इटलीले बिहीवारदेखि १० दिनका लागि देशभरि सबै शैक्षिक संस्था बन्द गर्ने निर्णय लिएको छ। त्यहाँ विद्यालय र विश्वविद्यालयहरू मार्च १५ सम्म बन्द हुने अधिकारीहरूले बताएका छन्।
कोरोनाभाइरस संक्रणका कारण इटलीमा हालसम्म १०७ जनाको मृत्यु भइसकेको छ। त्यो युरोपको सबैभन्दा गम्भीर संक्रमण हो।प्रधानमन्त्री जुजेप्पे कोन्टेले देशको स्वास्थ्यसेवा जोखिममा रहेको बताएका छन्।
देशको उत्तरी क्षेत्रमा तीन भन्दा बढी मानिसमा संक्रमण देखिएको छ। तर इटलीका अन्य २० मध्ये १९ क्षेत्रमा पनि संक्रमण फैलिएको पुष्टि भइसकेको छ।
इटलीले के गरिरहेको छ?
शिक्षामन्त्री लुचिया चोलिनाले विद्यार्थीले चाँडै कक्षा सुरु गर्नेमा आफू विश्वस्त रहेको बताइन्। ‘मेरो प्रतिबद्धता भनेको हाम्रा सबै विद्यार्थीलाई आवश्यक सार्वजनिक सेवाको सुनिश्चितता गर्नु हो’, उनले भनिन्।
स्थानीय सञ्चारमाध्यमले स्वास्थ्य विशेषज्ञहरू तथा इटलीको स्वास्थ्य मन्त्रालय विद्यालय बन्द गर्ने पक्षमा रहेको जनाएका छन्।
स्वास्थ्य विशेषज्ञहरू फुटबल प्रतियोगिताहरू पनि बन्द ढोकाभित्र खेलियोस् भन्ने चाहन्छन्। कतिपय खेल प्रतियोगिताहरू पहिले नै स्थगित भएका छन्।
इटलीको नागरिक सुरक्षा निकायले बुधवार कोरोना भाइरसका कारण मृत्यु हुने मानिसको संख्या २८ बाट १०७ पुगेको जनाएको थियो।मिलाननजिकै अवस्थित लोम्बार्ड्री क्षेत्र र उत्तरी भेगका बोलोग्ना र भेनिसनजिकैका ठाउँमा सबैभन्दा धेरै जनाको मृत्यु भएको छ।
यसअघि मिलाननजिकैका ११ वटा नगरमा झण्डै ५० हजार मानिसलाई क्वारेन्टाइनमा राखिएको भए पनि संक्रमण फैलिन रोकिएन।समाचारसस्था रोएटर्सका अनुसार इटली सरकारले अब सिनेमाघर र नाट्यशाला तथा सार्वजनिक कार्यक्रममा पनि रोक लगाउने तयारी गरिरहेको जानकारी पाइएको छ।
सरकारले मस्यौदा गरिरहेको एउटा आदेशमा सर्वसाधारण मानिसलाई यथासम्भव अंकमाल नगर्न तथा हात नमिलाउन सुझाव दिने उल्लेख छ।
अन्यत्र कस्तो स्थिति छ?
चीन र हङ्कङ, जापान, इराक र यूएईले पहिले नै विद्यालयहरू बन्द गरिसकेका छन् वा गर्न लागेका छन्। त्यसबाट विद्यालय उमेरका लाखौँ बालबालिका प्रभावित हुनेछन्।
फ्रान्सले कोरोना भाइरस प्रभावित क्षेत्रमा १२० वटा विद्यालय बन्द गराएको छ। उत्तरी प्यारिसका प्राथमिक र माध्यमिक विद्यालयहरू बन्द गरिएका हुन्। त्यहाँ कोरोना भाइरसका कारण दुई जनाको मृत्यु भएको छ।
बीबीसी नेपालीबाट
अत्यधिक विषादी राखिएका तरकारी र फलफूलले क्यान्सर भयावह बन्दै : विज्ञ
ई- सिगरेटको आयात तथा बिक्री वितरण रोक्ने व्यवस्था कार्यान्वयन गर्न स्वास्थ्य मन्त्रालयको पत्र
वायु प्रदूषण बढेकाले सावधानी अपनाउन अपिल
औषधीय गुणले भरिपूर्ण सिस्नो
कर्णालीमा पहिलोपटक कम्युनिटी मेन्टल हेल्थ सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन हुँदै