प्रधानमन्त्रीको स्वास्थ्यलाभको कामना गर्दै शिक्षण अस्पतालमा सत्यनारायण पूजा!
हेल्थ टिभी अनलाइन\काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीको सफल मिर्गौला प्रत्यारोपणको कामना गर्दै त्रिवि शिक्षण अस्पतालमा सत्यनारायणको पूजा लगाइएको छ।
बुधबार प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण भइरहँदा मिर्गौला पीडित समाजले अस्पतालस्थित महामृत्युञ्जयश्वर महादेवको मन्दिरमा पूजा लगाएकाे हाे।
मिर्गौला पीडितहरूले प्रधानमन्त्री ओलीको स्वास्थ्यलाभको कामना गर्दै आफूहरूलाई बाँच्ने आधार बनाइदिन माग गरे। उनीहरूले पीडित प्रमाणपत्र बनाइदिन र सहजरूपमा आफूहरूकाे उपचार गरिदिन पनि माग गरेका छन्।






किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण