Health TV Online
Health TV Online
Health TV Online

प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण सफल

प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण सफल

हेल्थ टिभी अनलाइन\काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण सफल भएको छ।

बिहान साढे १० बजे शुरु भएको मिर्गौला प्रत्यारोपण सफल भएको शल्यक्रियामा संलग्न चिकित्सकहरूले बताए।

मिर्गौलाको सफल प्रत्यारोपण भएपछि प्रधानमन्त्री केपी शर्मा ओली र भाञ्जी समीक्षा संग्रौलालाई पोस्टअपको आईसीयूमा सारिएको जनाइएको छ।

प्रधानमन्त्रीको उपचार टोलीमा अस्पतालका युरोलोजी तथा मिर्गौला प्रत्यारोपण विभागका प्रा.डा. प्रेम ज्ञवाली, प्रा.डा उत्तम शर्मा, डा. दिव्यासिंह शाह र डा. पवनराज चालिसे रहेका थिए।

यस्तै डा. सुमन चापागाईँ, डा. सुजित पौडेल, डा. मनीष प्रधान, डा सुवास आचार्य, डा. अनिल श्रेष्ठ, डा. महेशराज सिग्देल, डा. मकुन्द काफ्ले, र डा. रविन नेपाली लगायत पनि टोलीमा रहेका थिए। भारतको नयाँदिल्लीस्थित एपोलो अस्पतालका चिकित्सक अनन्तकुमारसमेत थिए।

 

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार