दैलेखमा स्वास्थ्य बिमा शुरु
हेल्थ टिभी अनलाइन दैलेख : जिल्लामा स्वास्थ्य बिमा कार्यक्रम शुरु भएको छ। जिल्ला समन्वय समितिका प्रमुख प्रेम थापालगायत १५ जनालाई स्वास्थ्य बिमा गरेर कार्यक्रमको औपचारिक शुरुआत गरिएको हो।
निर्वाचित जनप्रतिनिधि, सरकारी कर्मचारीलगायतको उपस्थितिमा बिमा औपचारिक शुरुआत गरिएकाे हाे। आम नागरिकको घरदैलोमा पुगेर बिमा गराउने काम प्रभावकारी बनाउन जिल्ला समन्वय समितिका प्रमुख थापाले बताए।
उनले दैलेखका ११ वटै स्थानीय तह र ९० वडामा खटिएका सहयोगी कार्यकर्ताहरूले आम नागरिकलाई बीमा अभियानमा समावेश गरेर एक लाख रुपैयाँसम्मको सुविधा पाउने अवसरबाट वञ्चित नगराउन सुझाव दिए।
बिमा अभियानअन्तर्गत ‘क’ वर्गका अपांगता, ज्येष्ठ नागरिक, एचआईभी संक्रमित, कुष्ठरोग र क्षयरोगका बिरामीलाई निःशुल्क बीमा गरिनेछ। स्वयंसेविकालाई ५० प्रतिशत छुट दिइएको छ। एकाघरका एकदेखि पाँचजनालाई तीन हजार ५०० रूपैयाँ र पाँचजनाभन्दा बढी भए प्रतिएकजना बराबर रु ७०० का दरले वार्षिक प्रिमियम लाग्ने जानकारी छ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण