कोरोना भाइसरबाट बच्न हात धुने अभियान
हेल्थ टिभी अनलाइन\झापा : कोरोना भाइसरबाट बच्न कमल गाउँपालिकाका विद्यालयहरूमा हात धुने अभियान सञ्चालन गरिएको छ।
विभिन्न विद्यालयका दुई हजारभन्दा बढी विद्यार्थीलाई हात धुने चेतना दिइएको हो। ग्लोबल स्यानिटेशन फण्ड\यूएन ह्याबिट्याटको आर्थिक तथा प्राविधिक सहयोगमा विराट सामुदायिक अध्ययन केन्द्र झापाले सहजीकरण गरिरहेको पूर्ण सरसफाइ अभियानअन्तर्गत हात धुने अभियान सञ्चालन गरेको संयोजक सोम आचार्यले बताए।
‘विद्यालयमा मात्र होइन, समुदायस्तरमा पनि अभियान सञ्चालन गरिएको छ’, उनले भने, ‘अभियानमा उत्साहजनक सहभागिता देखिएको छ।’
कार्यक्रमले कोरोना भाइरसविरुद्ध सचेतना अभिवृद्धि हुँदै गएको विराट सामुदायिक अध्ययन केन्द्रका सचिव रुद्र सिटौलाले बताए।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण