Health TV Online
Health TV Online
Health TV Online

अज्ञात रोग फैलिएको डोल्पाको गाउँमा पुग्यो चिकित्सक टोली

अज्ञात रोग फैलिएको डोल्पाको गाउँमा पुग्यो चिकित्सक टोली

हेल्थ टिभी अनलाइन\ डोल्पा : त्रिपुरासुन्दरी नगरपालिका–१ करेलीडाँडामा फैलिएको अज्ञात रोगको नमुना परीक्षणका लागि चिकित्सकसहितको टोली पुगेको छ।

रोगग्रस्त नागरिकको नमुना संकलनका लागि प्रदेश अस्पतालका डा. इन्द्रबहादुर थापा र ल्याब टेक्निसियन कमलकुमार थापा सेनाको हेलिकोप्टरमार्फत प्रकोप क्षेत्रमा पुगेका हुन्। नमुना संकलन गरेर परीक्षणका लागि काठमाडौँस्थित टेकु अस्पतालमा पठाउने बताइएको छ।

त्यसैगरी प्रकोप क्षेत्रमै बसेर उपचार गर्ने गरी जिल्ला अस्पताल डोल्पाबाट डा. मेलिना हमाल र एचए सारङ्गा रोकाय पनि गएको जिल्ला अस्पताल डोल्पाका प्रमुख डा सिजन रावलले जानकारी दिए।

मास्क, पञ्जा, एन्टिभाइरललगायत आवश्यक औषधिसमेत प्रभावित क्षेत्रमा लगिएकाे रावलले बताए। प्रकोप क्षेत्रमा तीन दिनदेखि स्वास्थ्यचौकी त्रिपुराकोटमा कार्यरत सिनियर अहेव शेरबहादुर कठायत र अनमी लक्ष्मी न्यौपानेले बिरामीको उपचार गरिरहेको बताइएको छ।

४५ घरधुरी भएको करेलीकाँडामा रोगका कारण घरैपिच्छे बिरामी भएको र अहिलेसम्म २० भन्दा धेरै बिरामीलाई उपचार गरिएको स्वास्थकर्मीले बताएका छन्। प्रभावित क्षेत्रका बिरामीमा रुघाखोकी, ज्वरो, झाडापखाला, बान्ता गर्ने, रिंगटा लाग्ने र शरीर दुख्नेजस्ता लक्षण देखिएको स्वास्थकर्मीले बताएका छन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार