कोरोना संक्रमणबाट बच्न पूर्वसावधानी अपनाउनुस् : देउवा
हेल्थ टिभी अनलाइन\कैलाली : पूर्वप्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले कोरोना भाइरस संक्रमण फैलिन नदिन सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेका छन्।
नेपाल प्रेस युनियन कैलालीले बुधवार धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा सभापति देउवाले संक्रमणबाट बच्न सचेत हुन सुझाव दिए।
पूर्वसावधानी अपनाउन, भरसक हात नमिलाउन र नमस्कार गर्न उनले आग्रह गरे। ‘कोरोना भन्ने खतरनाक रोग नेपालमा आएको छ। हात मिलाउन हुँदैन,’ देउवाले भने, ‘नमस्ते गर्नुपर्छ। हामी त जय नेपाल गर्छौँ।’





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण