कोरोना संक्रमणको त्रास : इरानमा ५४ हजार कैदी केही समयका लागि रिहा
धेरै चाप भएका कारागारहरूमा कोरोना भाइरस संक्रमण नफैलियोस् भनेर इरानले ५४ हजारभन्दा बढी कैदीलाई अस्थायी रूपमा रिहा गरेको छ।
इरानी न्यायपालिकाका प्रवक्ता घोलामहोसिन इस्माइलीले कोरोना संक्रमण नभएको पुष्टि भएकालाई जमानत लिएर केही दिनका लागि छाडिएको बताए।
पाँच वर्षभन्दा बढी जेल सजाय सुनाइएका ‘सुरक्षासँग सम्बन्धित कैदीहरू’लाई भने छाडिएको छैन।
एक ब्रिटिस सांसदका अनुसार इरानको जेलमा रहेकी सामाजिक कार्यकर्ता नाजनीन जाग्हारी रेट्क्लिफ पनि चाँडै छुट्न सक्नेछिन्।
ट्यूलिप सिद्दिकले इरानी राजदूतलाई उद्धृत गर्दै जाग्हारी रेट्क्लिफ सम्भवतः केही समयका लागि बुधवार वा बिहीवार रिहा हुने बताएकी छन्।
उनका पतिले शनिवार तेहरानको एविन जेलमा रेट्क्लिफलाई कोरोना संक्रमण भएको र त्यहाँका अधिकारीहरूले परीक्षण गराउन नमानेको बताएका थिए।
तर इस्माइलीले सोमवार बताएअनुसार त्यसपछि उनले परिवारसँग सम्पर्क गरिन् र आफ्नो स्वास्थ्यस्थिति राम्रो रहेको जानकारी दिइन्।
बीबीसीबाट





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित