भरतपुर अस्पतालमा स्वास्थ्य मन्त्रालयको निरीक्षण
हेल्थ टिभी अनलाइन\चितवन : कोरोना भाइरस रोकथामका लागि भरतपुर अस्पतालमा गरिएको तयारीका बारेमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको टोलीले निरीक्षण गरेको छ। मन्त्रालयका सहसचिव मोहम्मद दाउदको नेतृत्वको टोलीले मंगलवार अस्पतालको अनुगमन गरेको हो।
दाउदले अस्पतालमा आएका बिरामीको अवस्था र यहाँ आउनसक्ने खतराबारे सजग रहन निर्देशन दिए। छिमेकी देश र रोजगारीको सिलसिलामा गएर फर्किएकालाई घरमै ‘क्वारेन्टाइन’ गराउनतर्फ केन्द्रित हुन आवश्यक रहेको उनले बताए। अस्पतालमा आएका बिरामीमध्ये विदेशबाट फर्किएका र धेरै घुमफिर गर्नेलाई निगरानी बढाउन उनले निर्देशन दिए।
अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा श्रीराम तिवारीले कोरोना भाइरस देखिइहालेमा अस्पतालले गरेका पूर्वतयारीबारे जानकारी दिए। उनले पाँच शय्याको छुट्टै कक्ष (आइसोलेसन वार्ड) स्थापना गरिएको, दुई चिकित्सकलाई विशेष जिम्मेवारी (फोकल पर्सन) दिएको बताए।
अस्पतालका स्वास्थ्यकर्मीलाई सचेत गराउने र काेराेनाबारेजनचेतना फैलाउने काम भइरहेको तिवारीले बताए।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित