Health TV Online
Health TV Online
Health TV Online

प्रधानमन्त्रीको शरीरमा अब चारवटा मिर्गौला!

प्रधानमन्त्रीको शरीरमा अब चारवटा मिर्गौला!

हेल्थ टिभी अनलाइन\काठमाडौं : प्रधानमन्त्री केपी शर्मा  ओलीको शरीरमा अब चारवटा मिर्गौला हुने भएको छ। त्रिवि शिक्षण अस्पतालमा बुधवार प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण गरिँदैछ।

यसअघि २०६४ साउनमा पनि मिर्गौला प्रत्यारोपण गरिएको थियो। बिग्रिएका नफालिकन नयाँ मिर्गौला राखिएकाले प्रधानमन्त्री ओलीको शरीरमा यसअघि नै तीनवटा मिर्गौला थिए।

बुधवार प्रत्यारोपण पूरा भए पछि अब उनको शरीरमा चारवटा मिर्गौला रहनेछ। मिर्गौला प्रत्यारोपण गर्दा सामान्यतयाः शरीरमा रहेको मिर्गौला नफालिकन नयाँ मिर्गौला राखिने विशेषज्ञहरू बताउँछन्।

१२ वर्षअघि भारतको एपोलो अस्पतालमा उनको पहिलोपटक मिर्गौला प्रत्यारोपण गरिएको थियो। त्यो मिर्गौलाले पनि काम गर्न छाडेपछि अर्को मिर्गौला राख्न लागिएको हो। पहिले प्रत्यारोपण गरिएको मिर्गौला शरीरमा जेलिएर बसेको हुनाले त्यसलाई हटाउन कठिन हुने भएकाले प्रत्यारोपण गर्दा पुरानो नफालिने चिकित्सकहरुले बताएका छन्।

पहिलोपटक बुहारी नाता पर्नेबाट मिर्गौला लिएका उनले यो पटक भाञ्जीको मिर्गौला लिँदै छन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार